मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ जेठ १५ बिहीबार १८:०७:००
Read Time : < 1 मिनेट
समाचार

बाग्लुङका ६ जना कोरोना संक्रमितको उपचार धौलागिरि अञ्चल अस्पतालमा

Read Time : < 1 मिनेट
२०७७ जेठ १५ बिहीबार १८:०७:००

बाग्लुङमा बुधबार कोरोना संक्रमण पुष्टि भएका ६ जनाको उपचार धौलागिरि अञ्चल अस्पतालमा हुने भएको छ ।

यसअघि नेपालको पाँचौँ र छैटाैँ कोरोना संक्रमण पुष्टि भएका बाग्लुङका दुईजनाको पनि धौलागिरि अञ्चल अस्पतालमै उपचार भएको थियो । उनीहरू दुवैजना कोरोना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

बुधबार जिल्लाको पश्चिम तमानखोला र बडिगाड गाउँपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तमानखोलाका चार र बडिगाडका दुईजनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

बुधबार साँझ अस्पतालमा ल्याइएका सबैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । संक्रमितहरू एकजना १९ वर्षका, एकजना २० वर्षका, दुईजना २१ वर्षका र दुईजना २७ वर्षका छन् ।

जिल्लामा कोरोना संक्रमित बढेसँगै अस्पतालले पनि थप व्यवस्थापन गरेको छ । अस्पतालमा बनाइएको आइसोलेसन वार्ड थप व्यवस्थित गरिएको अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी. पोखरेलले जानकारी दिए । यसअघि दुईजना संक्रमित निको भएको गएको स्मरण गर्दैै उनले अहिले आइसोलेसनमा रहेकाहरू पनि चाँडै निको भएर घर फर्किने विश्वास वयक्त गरे ।