१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

चालू आवभित्र मेलम्ची खानेपानी आयाेजनाको काम सम्पन्न गरिने, साउनबाट पानी वितरण थालिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:३९:००

चालू आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको आधारभूत निर्माण कार्य सम्पन्न गरिने भएको छ । 

आगामी आवमा काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरणको व्यवस्था मिलाउन बजेटको व्यवस्था गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आबका लागि बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । 

मेलम्ची दोस्राेका लागि ५ अर्ब ४६ करोड

सरकारले मेलम्ची खानेपानी आयोजनाको दोस्राे चरणको काम सुरु गर्न ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको सुरुवातबाटै मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु गर्ने गरी बजेटको व्यवस्था गरिएको बताए ।

उनले काठमाडौं उपत्यकाको खानेपानी र ढल व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड विनियोजन गरेको बताए ।