१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

चीनसँग भएको पारवहन सम्झौताअनुसारको बन्दरगाहमार्फत व्यापार प्रवर्द्धन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:२१:००

सरकारले देशको व्यापार प्रवर्द्धनमा आफ्नो कूटनीतिक संयन्त्र प्रयोग गर्ने नीति लिएको छ । 

कूटनीतिक संयन्त्रहरूको प्रयोग गरेर नेपाली वस्तुको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गरिने लक्ष्य बजेटमार्फत सरकारले योजना बनाएको हो । 

त्यसैगरी चीनसँग भएको पारवहन तथा यातायात सम्झौताअनुसार नेपालले पाउने चीनका ४ बन्दरगाह र तीनवटा सुक्खा बन्दरगाहमार्फत तेस्रो मुलुकसँग व्यापार प्रवर्द्धन गर्ने पनि बजेटमा उल्लेख गरिएको छ ।

हुम्लाको यारी, ताप्लेजुङको ओलाङचुङगोला, मुस्ताङको कोरला र संखुवासभाको किमाथांकामा व्यापारिक पूर्वाधार तयार गरिने अर्थमन्त्री युवराज खतिवडाले बताए ।