मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुदीप शिवाकोटी हेटौँडा
२०७७ जेठ १५ बिहीबार १६:२७:००
Read Time : < 1 मिनेट
समाचार

कैलाश गाउँपालिकाको भवन आगलागीबाट ध्वस्त

Read Time : < 1 मिनेट
सुदीप शिवाकोटी हेटौँडा
२०७७ जेठ १५ बिहीबार १६:२७:००

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने कैलाश गाउँपालिका कार्यालयको भवनमा आगलागी भएको छ ।

गाउँपालिका अध्यक्ष टंक मोक्तानका अनुसार कार्यालयमा बिहीबार दिउँसो ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा १८ कोठे भवन ध्वस्त भएको हो । कार्यालयको स्टोर रूममा विद्युत् सर्ट हुँदा आगलागी सुरु भएको र त्यहाँ इन्टर्भर राखिएका कारण पड्किएर पूरै भवन ध्वस्त भएको अध्यक्ष मोक्तान बताए ।

०७२ को भूकम्पपछि ग्रामीण क्षेत्रमा जोखिमका वेला बच्न नेपाली सेनाले उक्त भवन निर्माण गरेको थियो । सेनाले निर्माण गरेको भवनमा स्थानीय तह गठनसँगै गाउँपालिकाको कार्यालय राखिएको थियो । ‘फाइबर र प्रिफ्याबबाट निर्माण गरिएको भवन भएका कारण आगलागी हुँदा छोटो समयमै सबै ध्वस्त भयो,’ उनले भने, ‘सबै कागजातसहित कुनै पनि भौतिक संरचना आगलागीबाट बचेको छैन ।

गाउँपालिकामा भने अझै पनि विद्युत् पुगेको छैन । त्यसकारण सौर्य ऊर्जाको प्रयोग गर्दै आएको बताउँदै अध्यक्ष मोक्तानले आज चर्को घाम लागेका कारण सोलार बढी चार्ज भएर सर्ट भएको हुन सक्ने अनुमान गरिएको बताए । गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेका वेला सौर्य ऊर्जा प्रणालीमा सर्ट भई आगलागी भएको थियो । आगलागी भएसँगै भवनबाट सबै बाहिर निस्किएका थिए ।