अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल नियन्त्रणमा लिने उद्देश्यले एक कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने सक्ने जनाइएको छ ।
ट्विटरको नीति उल्लंघन गर्ने किसिमले बुधबार ट्रम्पले एक ट्विट गरेका थिए ।
मतपत्रहरूमा जालसाजी हुने भनिएको उनको ट्विटलाई तथ्य पुष्टि गर्न भन्दै ट्विटरले सावधानी देखाएको थियो ।
त्यसपछि ट्रम्पले सामाजिक सञ्जाल ट्विटरलाई नै बन्द गरिदिने धम्की दिएका छन् ।
यद्यपि ट्रम्पलाई यो अधिकार छ वा छैन भन्ने कुरा अमेरिकी कानुनी हिसाबमा पुष्टि भने छैन ।
बिहीबार ट्रम्पले गुगल, ट्विटर र फेसबुकमाथि नियन्त्रण गर्न सक्ने किसिमको एक निर्देशनमा हस्ताक्षर गर्न सक्ने जनाइएको छ ।
यद्यपि उनले हस्ताक्षर गर्ने निर्देशनको स्पष्टता भने बाहिर आइसकेको छैन ।
अमेरिकी राष्ट्रपतीय चुनाव आउन केही महिना बाँकी रहँदा ट्रम्पले सामाजिक सञ्जालहरूले पक्षपात गर्ने आरोप लगाएका छन् ।
यसबीच फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि ट्रम्पको साथ दिएका छन् ।
उनले ट्विटरले ट्रम्पको पोष्टमा तथ्य जाँच माग्नु ट्विटरको गल्ती भएको बताएका हुन् । गुगलले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
विश्वकै ठूला अमेरिकी सामाजिक सञ्जाल कम्पनीहरूमाथि नियमन गर्न अन्य कुनै बाटो नदेखेपछि ट्रम्पले नयाँ कमद चाल्न खोजेका हुन् ।
धारा ३२० मा रहेको भनिएको एक विवादास्पद कानुनले टेक कम्पनीहरूलाई उनीहरूको प्लेटफर्ममा रहेका कमेन्ट, भिडियो र कन्टेन्टको नियमनबाट बचाउँछ ।
अर्थात् उक्त कानुनले स्वतन्त्र बोलीको हक भनेर सञ्जालमा जस्तोसुकै टीकाटिप्पणी पनि गर्न पाउने बनाइदिन्छ ।
यसले सामाजिक सञ्जालहरूमा विज्ञापनसम्बन्धी नीतिहरूलाई पनि असर पार्नेछ ।
(एजेन्सी)