१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ जेठ १५ बिहीबार १२:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सोती घटनाबारे अनुसन्धान गर्न थप ६ जना पक्राउ, पक्राउ पर्नेको संख्या १८ पुग्यो

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ जेठ १५ बिहीबार १२:५०:००

कम्तीमा चार जनाकाे ज्यान जानेगरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोती गाउँमा गत शनिबार भएको घटनामा संलग्न रहेको आरोपमा बिहीबार प्रहरीले थप ६ जनालाई पक्राउ गरेकाे छ । 

पीडित पक्षले दिएकाे किटानी जाहेरीका आधारमा उनीहरूलाई  पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पीडित पक्षले २० जनाकाे नाममा किटानी जाहेरी दिएका छन् । यसअघि १२ जनालाई  प्रहरीले पक्राउ गरेकाे थियाे । जाहेरीमा उल्लेख भएका थप दुई जनाकाे खाेजी भइरहेकाे रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठकबहादुर केसीले बताए ।

पक्राउ पर्नेमा चाैरजहारी नगरपालिका ८ का ४२ वर्षीय इन्द्रबहादुर मल्ल, १९ वर्षीय दीपेन्द्र चन्द, ३५ वर्षीय तिलक चन्द, ४६ वर्षीय हर्कबहादुर मल्ल, ४५ वर्षीय लिपेन्द्र मल्ल र २० वर्षीय विनोद मल्ल रहेकाे केसीले जानकारी दिए । 

चौरजहारी– ८ सोतीगाउँकी किशाेरीलाई विवाह गर्न भनी आएका भनिएका जाजरकोट भेरी नगरपालिका– ४ रानागाउँका २१ वर्षीय नवराज विक र उनीसँगै १८ जनाको समूहमा आएकाहरूलाई गाउँलेले  आक्रमण गर्दै लखेटेका थिए । 

आक्रमण भएपछि सबै भागेका थिए । आक्रमणपछि वेपत्ता भएका ६ जनामध्ये नवराज विक, भेरी नगरपालिका– ४ रानागाउँका गणेश बुढा, चौरजहारी– १ का टीकाराम सुनार र भेरी नगरपालिका– ११ जाजरकोटका लोकेन्द्र सुनारको भेरी नदीमा शव फेला परेको छ । दुईजना अझै बेपत्ता छन् । 

बेपत्ता भएका भेरी नगरपालिका– ४ का १८ वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाहीको भेरी नदीमा खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको नेपालन्जबाट आएको तालिमप्राप्त गोताखोरको टोलील परिचालन भएकाे छ ।