मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १२:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेसले डाक्यो केन्द्रीय कार्यसमितिको बैठक, मुख्य एजेन्डा संविधान संशोधनको प्रस्ताव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १२:५०:००

संविधान संशोधनको प्रस्तावमाथि छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिले १७ गते शनिबार केन्द्रीय समिति बैठक बोलाएको छ । 

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव बैठकको मुख्य एजेन्डा हुने उल्लेख छ । 

आगामी शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा डाकिएको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थितिका विज्ञप्तिमा आग्रह गरिएको छ ।