Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १४ बुधबार २०:२७:००
Read Time : < 1 मिनेट
समाचार

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

Read Time : < 1 मिनेट
२०७७ जेठ १४ बुधबार २०:२७:००

बागमती प्रदेशको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सरकारले १३ जेठमा पेस गरेको नीति तथा कार्यक्रम बुधबार बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रमको पक्षमा सत्तापक्ष नेकपा सांसदहरू एकजुट भए पनि प्रतिपक्ष सांसदहरू रमेश पौडेल, निमा लामा, प्रभात तामाङ, पुकार महर्जन, सन्तबहादुर प्रजा, रिता माझी, रिना गुरुङ र शोभा शाक्यले संशोधन प्रस्ताव दर्ता गरेका थिए । संशोधन प्रस्ताव दर्ता गरे पनि बहुमत नजुट्दा प्रस्ताव अस्वीकृत भएको हो ।

१३ जेठमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सभामा नीति तथा कार्यक्रम पेस गरेका थिए । बुधबार नीति तथा कार्यक्रममाथिको छलफल र संशोधन प्रस्ताव दर्ताको समय सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले बहुमतले पारित भएको घोषणा गरेका थिए ।

सदनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड– १९) रोकथामका लागि प्रदेश सरकारले तीव्रताका साथ काम गरिरहेको दाबी गरेका थिए । कोभिड– १९ रोकथामका लागि सरकारले हालसम्म १७ करोड रुपैयाँ खर्च गरिसकेको उनले सदनलाई जानकारी गराए । ‘सरकारले आगामी वर्ष प्रदेशका स्वास्थ्य संस्थाहरूको स्तरोन्नति र कृषिलाई प्राथमकितामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ,’ उनले भने, ‘सरकारले नीति तथा कार्यक्रमअनुसार तीव्र गतिमा काम गर्नेछ ।’

उनले कोरोनाका कारण उद्योग धराशायी हुनबाट बचाउन उद्योगीलाई राहत उपलब्ध गराउने प्रयत्नका साथ संघीय सरकारलाई आग्रह गरेको पनि उनले बताए । 

बागमती प्रदेशले प्रदेश सरकार–शिक्षालय सहकार्य कार्यक्रम, युवा वैज्ञानिक प्रोत्साहन कोष, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम, एकीकृत स्वास्थ्य सेवालगायत दर्जन बढी दीर्घकालीन योजना नीति तथा कार्यक्रममा समेटेको उनले बताए ।