Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १४ बुधबार १६:४९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित, एक सय १४ जना थपिए, संक्रमितको संख्या आठ सय ८६

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १४ बुधबार १६:४९:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एकैदिन एक सय १४ जना कोरोना भाइरस (कोभिड– १९) संक्रमित थपिएको जनाएको छ । मन्त्रालयद्वारा आयोजित नियमित कोरोना भाइरस अपडेटका क्रममा प्रवक्ता डा. विकास देवकोटाले एक सय १४ जना कोरोना संक्रमित थपिएको बताएका हुन् । नेपालमा कोरोना संक्रमितको संख्या आठ सय ८६ पुगेको छ ।

मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । कोसी प्रादेशिक अस्पतालमा गरिएको नमुना परीक्षणमा १७ जनाको पोजेटिभ देखिएको छ भने हेटौँडाको कीटजनन्य प्रयोगशालमा गरिएको परीक्षणमा आठजनामा कोरोना पोजेटिभ देखिएको छ । पोखरास्थित  प्रदेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । मन्त्रालयका अनुसार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८ जनाको पोजेटिभ परिणाम आएको छ भने भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा पोजेटिभ पुष्टि भएको प्रवक्ता डा. देवकोटाले बताए ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । उपचारपछि डिस्चार्ज हुनेको संख्या एक सय ८३ पुगेको छ । प्रदेश १ बाट ३०, प्रदेश २ बाट ९७, बागमती प्रदेशबाट ११, गण्डकी प्रदेशबाट दुई, प्रदेश ५ बाट ३८ र सुदूरपश्चिम प्रदेशबाट पाँचजना डिस्चार्ज भइसकेका छन् ।