Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १४ बुधबार १३:४१:००
Read Time : < 1 मिनेट
समाचार

आज लकडाउनको ६५औँ दिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १४ बुधबार १३:४१:००

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको आज (बुधबार) ६५ दिन पुगेको छ।

सुरुमा एक साताका लागि सरकारले ११ चैतमा लकडाउन घोषणा गरेको थियो। त्यसपछि पटकपटक समय थप गर्दै लकडाउनको अवधि २० जेठसम्म पुऱ्याइएको छ। लामो समय लकडाउन हुँदा जनजीवन प्रभावित भए पनि नागरिकले लकडाउनको पालना भने गरिरहेका छन्।

बुधबार पनि काठमाडौं उपत्यकाका मुख्य सडकमा सवारीसाधनको आवागमन न्यून छ। अत्यावश्यक सेवाका सवारीसाधन, सञ्चारकर्मी, स्वास्थ्यकर्मीलगायत प्रशासनबाट पास लिएकाहरूले भने सवारी चलाएका छन्। 

सडकमा प्रहरीले सवारीसाधन जाँचमा कडाइ गरेको छ। अत्यावश्क सेवा र पासबाहेक सवारी चलाउनेलाई नियन्त्रणमा लिएर कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। पछिल्लो समय कोरोना भाइरस संंक्रमितको संख्या बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाइ गरेको छ। 

उपत्यकाका मुख्य सडकबाहेक भित्री सडकमा पनि लकडाउनको पालना भएको छ। काठमाडौं उपत्यकामा खाद्यान्न तथा तरकारीका पसलहरू बिहान र साँझको समयमा खुल्ने गरेका छन्।