मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तिवारी यादव वीरगन्ज
२०७७ जेठ १४ बुधबार ११:३६:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनले रक्सौलमा अलपत्र परेका तीन सय ६० नागरिकलाई नेपाल भित्र्याइयो

Read Time : < 1 मिनेट
२०७७ जेठ १४ बुधबार ११:३६:००

विगत केही दिनदेखि रक्सौलमा अलपत्र परेका साढे तीन सय नेपाली वीरगन्ज नाका हुँदै बुधबार बिहान स्वदेश भित्रिएका छन्।

कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि भएको लकडाउनको कारण भारतीय भूमिमा अलपत्र परेका नेपाली स्थानीय प्रशासनको सहयोगमा नेपाल भित्रिएका हुन्। उनीहरू भारतका विभिन्न सहरबाट रक्साैल आएर रोकिएका थिए। 

वीरगन्ज नाका हुँदै बुधबार बिहान तीन सय ६० जना नेपाल भित्रिएका स्थानीय प्रशासनले जनाएको छ। भारतका विभिन्न स्थानमा रोजगारी, घुमफिरलगायतका कामले गएर अलपत्र परेका नेपालीलाई लकडाउन सुरु भएको ६५ दिनमा आफ्नो देश भित्र्याइएकाे वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सराबगीले जानकारी दिए। 

‘भारतबाट आएका सबैलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने सर्तमा नेपाल भित्रन दिइएको हो,’ सराबगीले भने।

वीरगन्ज हुँदै आएका तीन सय ६० नागरिक देशका ३२ जिल्लाका छन्। जसमा एक सयजना वीरगन्जसहित पर्सा जिल्लाका भएका स्थानीय प्रशासनले जनाएको छ।