मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ जेठ १३ मंगलबार १५:५३:००
Read Time : < 1 मिनेट
समाचार

गाई काटेको आरोपमा एक भारतीयसहित तीनजना पक्राउ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ जेठ १३ मंगलबार १५:५३:००

गाई काटेको आरोपमा कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट एक भारतीय नागरिकसहित तीनजना पक्राउ परेका छन्।
 
साेमबार राति गाई काटेर बोरामा मासु प्याक गरी पुनर्वासबाट बेच्नका लागि डोकेबजारतर्फ लैजाने गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज वकिलबहादुर सिंहले जानकारी दिए।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश पिलिभितका ३१ वर्षीय ऐजाज अहमत र पुनर्वास नगरपालिका– ३ रामबस्तीकी ४५ वर्षीया माइली तामाङ तथा ३१ वर्षीया प्रेममाया तामाङ छन्। 
उनीहरूको साथबाट दुई बोरा मासुसहित भारतीय नम्बर प्लेटको युपी २६ यू ५४४६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। 

पक्राउ परेका भारतीय पुनर्वासको एक फर्निचर उद्योगका कामदार भएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको सिंहले जानकारी दिए। 

बरामद मासु गाईको हो–होइन, परीक्षणका लागि त्यसको नमुना काठमाडौंस्थित विधिविज्ञान प्रयोगशालामा पठाउने तयारी प्रहरीले गरेको छ।