मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १३ मंगलबार १५:२७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

रुकुम पश्चिम घटनाको छानबिन गर्न माग गर्दै प्रदर्शन (फोटोफिचरसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १३ मंगलबार १५:२७:००

रुकुम पश्चिममा अन्तर्जातीय बिहे गर्न खोज्दा तीनजनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न माग गर्दै मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । राष्ट्रिय दलित विद्यार्थी संघले आज (मंगलबार) काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेको हो । संघले रुकुममा नवराज विकसमेत तीनजना मारिएकाे घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । माइतीघरमा विरोध प्रदर्शन गर्नुअगाडि विद्यार्थी संघले राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगसमक्ष पनि घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको थियो ।

तस्बिर : दीपेन्द्र ढुंगाना