१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १३ मंगलबार १३:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

संघीय संसद्को लोगोमा अद्यावधिक गरिएको नयाँ नक्साको प्रयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १३ मंगलबार १३:०६:००

नयाँ नक्सा जारी भएपछि पहिलोपटक संघीय संसदमा अद्यावधिक गरिएको नेपालको नक्सा प्रयोगमा ल्याइएको छ । 

संघीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधि सभामा मंगलबारदेखि अद्यावधिक गरिएको नेपालको नक्सा प्रयोगमा ल्याइएको हो ।

दुवै सदनको लोगोमा अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा प्रयोग गरिएको छ ।

योसँगै हरेक सांसदले कोटमा लगाउने ब्याचमा पनि अद्यावधिक नक्सा राख्न निर्देशन गइसकेको संसद् सचिवालयले जनाएको छ । 

सरकारले यही ७ जेठ बुधबार कालापानी,  लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा औपचारिक रूपमा जारी गरेको थियो ।