मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १३ मंगलबार १२:५५:००
Read Time : < 1 मिनेट
समाचार

मोरङमा छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ जेठ १३ मंगलबार १२:५५:००

मोरङको छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

सोमबार साँझ ७ बजे मोरङको सुन्दरहरैँचा नगरपालिका– ९ झरना पुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.३प ९७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलचालक सुन्दरहरैँचा– ११ का ३१ वर्षीय गोविन्द बजगाईं घाइते भएका थिए । उनको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बेलबारी मालपोत कार्यालय नापी शाखाका कर्मचारी थिए ।

यसैगरी सोमबार राति १० बजे मोरङकै केराबारी गाउँपालिका– ९ देवीझोडाको भित्री सडकखण्डमा को.३८प १०७१ नम्बरको मोटरसाइकल बाटोमा ढलेको रूखको हाँगामा ठोक्किँदा मोटरसाइकलचालक स्थानीय ३० वर्षीय विकास गुरुङ गम्भीर घाइते भएका थिए । उनको पनि उपचारको क्रममा विराट नर्सिङ होम विराटनगरमा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।