Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ जेठ १३ मंगलबार १२:५०:००
Read Time : < 1 मिनेट
समाचार

भारतबाट आएर क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ जेठ १३ मंगलबार १२:५०:००

प्युठानमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। 

ऐरावती गाउँपालिका– ६ मा रहेकाे बिजुली जनता माविमा निर्मित क्वारेन्टाइनमा बसेकी मल्लरानी गाउँपालिका– ४ गहतेराकी २६ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए।

राससका अनुसार उनी लामो समयदेखि ब्रेन ट्युमरको समस्याबाट पीडित थिइन्। महिलासँगै उनका श्रीमान्, भाइ र छोराछोरी ८ जेठमा भारतबाट नेपाल आएका थिए। उनीहरूलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले जानकारी दिए। 

महिलाको शव के गर्ने भन्ने विषय टुंगो लागिसकेको छैन। प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताए। 

परिवारका पाँच सदस्यको कोरोना परीक्षणका लागि आरडिटीको तयारी गरिएको छ। स्वास्थ्य शाखा प्रमुख गुरुङले भने, ‘रिपोर्ट नेगेटिभ आएमा परिवारका बाँकी सदस्यलाई छाडिदिनेछौँ।’