मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १३ मंगलबार ११:०९:००
Read Time : < 1 मिनेट
समाचार

थप १२ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित सबै सुर्खेतका

Read Time : < 1 मिनेट
२०७७ जेठ १३ मंगलबार ११:०९:००

नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित सबै सुर्खेत जिल्लाका छन्। 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पिसिआर परीक्षणका क्रममा वीरेन्द्रनगरका आठ र सुर्खेतकै सिम्ता र भेरीगंगा गाउँपालिकाका दुई–दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले मंगलबार बिहान जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ। 

संक्रमित १२ मध्ये एक महिला र बाँकी सबै पुरुष छन्। योसँगै नेपालमा संक्रमितको संख्या ६ सय ९२ पुगेको छ।

अहिलेसम्म कर्णाली प्रदेशमा २३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। हेर्नुस् कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति :