१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
वसन्त खतिवडा
२०७५ माघ १३ आइतबार १०:३८:००
Read Time : < 1 मिनेट
खेलकुद

थ्री स्टारलाई सिमरा गोल्डकपकाे उपाधि

Read Time : < 1 मिनेट
वसन्त खतिवडा
२०७५ माघ १३ आइतबार १०:३८:००

सडेनडेथमा रञ्जन विष्टको प्रहारलाई गोलरक्षक बिकेश कुथूले रोक्न नसक्दा थ्री स्टारले पहिलोपटक सिमरा गोल्डकप उपाधि जित्यो

त्रिभुवन आर्मीसँग गत वर्षको बदला लिँदै थ्री स्टार क्लबले १०औँ सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनलमा थ्री स्टारले साबिक विजेता आर्मीलाई ७–६ ले सडेनडेथमा स्तब्ध पार्दै च्याम्पियनसिप ट्रफी उचालेको हो । गत वर्ष आर्मीले उपाधि भिडन्तमा थ्री स्टारलाई २–० ले हराएको थियो । 

रञ्जनको निर्णायक गोल
निर्धारित समयमा थ्री स्टार र आर्मीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरमा गयो । टाइब्रेकरबाट पनि उपाधि विजेता ननिस्किँदा खेल सडेनडेथमा पुग्यो । सडेनडेथमा रञ्जन विष्टले गोल गर्दै थ्री स्टारलाई उपािध दिलाए । आर्मीका सुमन अर्यालको प्रहार थ्री स्टारका गोलरक्षक एलान न्यौपानेले उत्कृष्ट बचाउ गरेपछि रञ्जनको गोल नै निर्णायक बनेको थियो । विजेता थ्री स्टारले ६ लाख र उपविजेता आर्मीले ३ लाख पाएका छन् । 

रोमाञ्चक सडेनडेथ
सडेनडेथमा थ्री स्टारका फोफना फोडे र सुशील राईले गोल गर्दा दिनेश राजवंशीको प्रहार आर्मीका गोलरक्षक बिकेश कुथुले बचाउ गरे । सडेनडेथमै आर्मीका बिकेश तामाङ र विकास खवासले गोल गरे । आर्मीका दीपक गुरुङको प्रयासलाई गोलरक्षक एलानले बचाउ गरेपछि अन्तिम भिडन्त थप रोमाञ्चक बन्न पुगेको थियो । 

प्रतिस्पर्धात्मक टाइब्रेकर
टाइब्रेकरमा थ्री स्टारका कप्तान विक्रम लामा, अनन्त तामाङ, रञ्जित धिमाल र रूपेश केसीले गोल गरे । सुनील बलको प्रहारलाई आर्मीका गोलरक्षक कुथुले बचाउ गरेका थिए ।