मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ जेठ १३ मंगलबार ०७:०३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

नारायणी अस्पतालबाट दुई पत्रकारसहित ४३ कोरोना संक्रमित डिस्चार्ज 

दुई दिनमा ६१ जना निको भएर घर फर्किए

Read Time : < 1 मिनेट
२०७७ जेठ १३ मंगलबार ०७:०३:००

वीरगन्जको नारायणी अस्पतालबाट एकैपटक ४३ जना कोरोना संक्रमित निको भएर सोमबार घर फर्किएका छन्  ।  अस्पतालमा भर्ना भएदेखि दुईपटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको  नारायणी अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए ।

डा. सिंहले आइसोलेसनमा आएदेखि  सबै संक्रमितको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि  डिस्चार्ज  गरिएको  बताए । सोमबार डिस्चार्ज हुने सूचीमा दुईजना वीरगन्जका पत्रकार पनि छन्। डिस्चार्ज हुने ४३ जनामा सर्लाहीका एकजना र पर्साका ४२ जना रहेका छन्  । जसमा पर्साको वीरगन्ज, धोबिनी गाउँपालिका र छिपहरमाई गाउँपालिकाका रहेका छन्।

अब पर्सामा गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा २७ जना मात्र संक्रमित रहेका छन् । यसअघि आइतबार राति ११ बजे वीरगन्ज-३ छपकैयाका एकै परिवारका १८ जना डिस्चार्ज भएका थिए । 

कोरोना भाइरसको संक्रमणलाई जितेर नारायणी अस्पतालबाट मात्रै दुई दिनमा ६१ जना डिस्चार्ज भएका छन् । यसरी एकैपटक ठूलो संख्यामा विरामी डिस्चार्ज हुँदा स्थानीय हर्षित भएका छन् ।