मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १२ सोमबार १५:३८:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १२ सोमबार १५:३८:००

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आज साँझ साढे ५ बजे देशका नाममा सम्बोधन गर्ने जानकारी दिएका हुन् । 

उनले आफ्नो सम्बोधनमा हालै सरकारले जारी गरेको देशको नयाँ नक्सा, लकडाउनलगायतका विषयमा उल्लेख गर्ने अनुमान गरिएको छ । 

प्रधानमन्त्रीको सम्बोधनअघि आज नै मन्त्रिपरिषद्को बैठक बस्ने जनाइएको छ ।

मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्नेछ । 

कोरोना महामारीका कारण विदेशका विभिन्न देशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश ल्याउने विषयमा मन्त्रिपरिषद् बैठकमा छलफलको सम्भावना छ ।