मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
केनन मेनन
२०७७ जेठ १२ सोमबार १४:१४:००
Read Time : < 1 मिनेट
खेलकुद

आजभाेलि हामी जर्मन फुटबललाई माया गर्छौँ

Read Time : < 1 मिनेट
केनन मेनन
२०७७ जेठ १२ सोमबार १४:१४:००

अघिल्लो शनिबार दुई महिनापश्चात् जर्मन लिग फुटबलको प्रत्यक्ष प्रसारण थियो । यो बोरुसिया डर्टमण्ड र साल्केबीचको खेल थियो ।

बुन्डेस लिगाको यो लकडाउनका कारण रोकिएपछिको मुख्य युरोपियन लिगको पहिलो खेल हो । दर्शकविहीन यो फुटबल ‘भूतको खेल’जस्तो थियो । तर, विषय जर्मन फुटबलको मात्र होइन, किनकि सब ठीकठाकसँग गुज्रिएमा चाँडै नै इंग्यान्डमा प्रिमियर लिग पनि लयमा फर्कने छ ।

सबैभन्दा रमाइलो त यो छ कि यो लकडाउनले इंग्लिस र जर्मन फुटबलबीचको सम्बन्धमा पनि नयाँ आयाम सिर्जेको छ । सन् १९६६ को विश्वकप फाइनलमा इंग्यान्डले जर्मनीलाई र सन् १९९६ को युरोकप फाइनलको टाइब्रेकरमा जर्मनीले इंग्यान्डलाई हराउँदा यी दुईबीचको प्रतिद्वन्द्विता सतहमा पोखिएको थियो ।

यसैले दुईबीचको फुटबल सम्बन्धलाई परिभाषित गर्ने गरेको छ । यसले दोस्रो विश्वयुद्धपछिको ब्रिटिसमा अन्तरनिहित जर्मनविरोधी मनोभावनाले पनि काम गरेको थियो ।

ठूला क्लबको फुटबल अन्तर्राष्ट्रियस्तरमा पुगिसकेको छ । प्रिमियर लिगमा दुईतिहाइ खेलाडी र आधा प्रशिक्षक विदेशी छन् । एउटा जर्मन प्रशिक्षक त लिभरपुलका योर्गन क्लोप हुन्, जसले मार्चमा लिग स्थगन हुनुपूर्व क्लबलाई ठूलो अग्रता दिलाइसकेका छन् । क्लोपको क्लब र लिभरपुल सहरसँग त्यस्तो आत्मीयता छ, जुन सायदै अन्य इंग्लिस प्रशिक्षकको तिनको सहरसँग होला ।

अब पुरानो ब्रिटिस फुटबल संकथन ‘दुई विश्वयुद्ध, एक विश्वकप’लाई पनि फरक ढंगले सोचिएला । हुन त फुटबल मात्र खेल हो, तर पनि यो जातिवाद र नश्लवाददेखि अछुतो छैन । तर, आफ्नो क्षितिज विस्तार गर्दै फुटबलले विस्तारै नश्लीय जञ्जिरबाट मुक्त पार्दै छ । ठीक अहिलेचाहिँ सबै जर्मन फुटबललाई माया गर्दै छन् । 
(अब्जरभरका स्तम्भकार मेननको गार्जियनमा प्रस्तुत विचारमा आधारित)