१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ जेठ १२ सोमबार १३:०७:००
Read Time : < 1 मिनेट
समाचार

विपत् कोषमा कर्णालीका नेकपा सांसदहरूको आधा महिनाको तलब

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ जेठ १२ सोमबार १३:०७:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाका सदस्यहरूले आधा महिनाको तलब कर्णाली विपत् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

सोमबार बिहान प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले आधा महिनाको तलब विपत् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशमा नेकपाका ३३ जना प्रदेश सभा सदस्य रहेका छन् ।

कर्णाली प्रदेश विपत् व्यवस्थापन कोषमा नेकपाका सबै प्रदेश सभा सदस्यले आधा महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको संसदीय दलकी सचेतक सीता नेपालीले जानकारी दिइन् ।

यसैगरी प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारद्वारा आज सोमबार प्रस्तुत गरिने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकताका विषयमा पनि जानकारी गराएका थिए ।

सचेतक नेपालीले सरकारको आगामी बजेट कोभिड– १९ नियन्त्रण र कर्णाली प्रदेशमा हुन सक्ने सम्भावित खाद्यसंकट समाधान हुने गरी निर्माण गर्न सुझाब दिइएको बताइन् । कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचारका लागि संघीय र प्रदेश सरकारले निर्वाह गरेको भूमिका प्रभावकारी बनेको बैठकको निष्कर्ष छ ।