१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ जेठ १२ सोमबार १०:५१:००
Read Time : < 1 मिनेट
समाचार

नवलपरासीमा हावाहुरीले कुखुराको खोर भत्कँदा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ जेठ १२ सोमबार १०:५१:००

पूर्वी नवलपरासीको गैँडाकोटमा हावाहुरीले कुखुराको खोर भत्कँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणका अनुसार गैँडाकोट–६ बोटे टोलमा गैँडाकोट–८ निवासी ३५ वर्षीय काशीराम पौडेलको बाँस र खरले बनाएको कुखुराको खोर अचानक आएको हावाहुरी र वर्षातका कारण भत्कँदा पौडेल र सोही स्थानमा डेरा गरी बस्ने कास्की जिल्लाका ४० वर्षीय सूर्यबहादुर भण्डारीको मृत्यु भएको हो ।

उनीहरूले खोरभित्र सरसफाइ गरिरहेको वेला एक्कासि खोर भत्किएको थियो । खोरले च्यापिएर गम्भीर घाइते भएका उनीहरूको उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा आइतबार साँझै उनीहरूको निधन भएको प्रहरीले जनाएको छ ।

पौडेलका नौ वर्षीय छोरा प्रतीक र भण्डारीका डेढ वर्षका छोरा सुमिनको अवस्था भने सामान्य रहेको छ । हावाहुरीले खोर भत्काएपछि आफ्ना स–साना छोराहरूलाई उनीहरूले काखमा राखेर सुरक्षित गरेका थिए । घटनापछि इलाका प्रहरी कार्यालय गैँडाकोट, सशस्त्र प्रहरीको टोली र स्थानीय बासिन्दाको सहयोगमा खोर पन्छाएर उनीहरूलाई निकालिएको थियो ।

खोरले च्यापेर दुईवटा बाख्रा र सयौँ कुखुरासमेत मरेका छन् । खोरमा एक हजार कुखुरा रहेको बताइएको छ ।