मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ जेठ ११ आइतबार १२:०३:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौंमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, तीनजना घाइते

Read Time : < 1 मिनेट
२०७७ जेठ ११ आइतबार १२:०३:००

काठमाडौंको टोखा नगरपालिका– २ पञ्चेटारमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्।

विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल बिहान पाँच बजे आपसमा ठक्कर खाँदा दुर्घटना भएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। 

राससका अनुसार बा.८५प ५६६ र बा.९१प ११८८ नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन्। मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेका प्रहरीले जनाएको छ। उनीहरू दुवै मोटरसाइकलचालक रहेका पोखरेलले जानकारी दिए।
 
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका क्रममा महाराजगन्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनामा अन्य तीन घाइते भएका छन्। उनीहरूमध्ये सामान्य घाइतेको ग्रिनसिटी अस्पताल र गम्भीर अवस्थाका घाइतेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।