१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बिहिबार आयल निगमका कर्मचारीको कोरोना परीक्षणमा खटिएका चिकित्सकको टोली । तस्वीर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १० शनिबार २१:३३:००
Read Time : > 1 मिनेट
अर्थ

इन्धन ओसार्ने ट्यांकर चालक र पेट्रोल पम्पका कर्मचारीको कोरोना परीक्षण हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १० शनिबार २१:३३:००

नेपाल आयल निगमको समन्वयमा भारत तथा आयल निगमको एक डिपोबाट अर्को डिपोमा तेल ढुवानी गर्ने ट्यांकर चालक, सहचालक तथा पेट्रोलपम्पमा काम गर्ने कर्मचारीको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण हुने भएको छ ।

निगमको बागमती प्रादेशिक कार्यालय, थानकोट डिपोमा आइतबार दिउँसो कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तय भएको डिपो प्रमुख प्रदिप यादवले बताए । ‘इन्धन ढुवानी गर्ने ट्यांकर चालकको कोरोना परीक्षण गर्न सबै पक्षबाट आवाज उठिरहेको थियो । उनीहरु धेरै ठाउँमा यात्रा गर्ने भएकाले आवश्यक पनि हो’ उनले भने, ‘हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरी ट्यांकर चालकको स्वास्थ्य परीक्षणको पहल गरेका हौं ।’

अहिले निगमले इण्डियन आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोबाट उठाएको तेल काठमाडौं उपत्यकासहित प्रदेश २ र पोखरासम्म बितरण हुने गरेको छ । रक्सौलमा लोड भएको इन्धन बीरगञ्ज हुँदै आउने भएकाले चालक र सहचालकको कोरानो परीक्षणलाई प्राथमिकतामा राखिएको यादवले बताए ।

यस्तै, उपत्यकाका पेट्रोल पम्पका काम गर्ने कर्मचारीको समेत निगम कै पहलमा कोरोना परीक्षण हुन लागेको छ । ‘पम्पमा तेल भर्न आउने सयौं मानिसको नजिक पुगेर कर्मचारीले काम गरिरहेका छन् । उनीहरुको स्वास्थ्य पनि परीक्षण भयो आम उपभोक्तालाई पनि निर्धक्क हुन्छ’ यादवले भने ।

आइतबार दिउँसो करिब एक सय जनाको थ्रोट स्वाब संकलनका लागि स्वास्थ्य सामग्रीसहित चिकित्सकको टोली थानकोट पुग्ने यादवले बताए । त्यसपछि क्रमशः अन्य चालक, सहचालक, पम्प व्यवसायी र पम्पका कर्मचारीको पनि स्वास्थ्य परीक्षण हुँदै जानेछ । थानकोट डिपोमा तेल लोड गर्ने ठाउँसम्म पम्प व्यवसायीको प्रतिनिधिसमेत पुग्ने भएकाले उनीहरूको समेत स्वास्थ्य परीक्षण हुनेछ । पम्प कर्मचारीको कोरोना परीक्षण गर्न व्यवसायीले पनि आग्रह गर्दै आएका छन् ।

डिपोभित्र प्रवेश गर्ने सबै मानिसको सम्पर्कमा सुरक्षा गार्ड रहने भएकाले उनीहरुको पनि परीक्षण हुने यादवले बताए । आयल निगमले ग्यास उद्योगमा काम गर्ने कर्मचारीको समेत परीक्षण गर्ने जनाएको छ । तर, ग्यासका कर्मचारीको भने ¥यापिड टेस्ट गर्ने गृहकार्य छ । ग्यास उद्योगका कर्मचारी उद्योग परिसरबाट कतै नजाने भएकाले शुरुमा ¥यापिड टेस्ट गर्न लागिएको निगमले जनाएको छ ।