मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १० शनिबार २१:१७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

साढे दुई हजारको भीडमा थिए संक्रमित

Read Time : < 1 मिनेट
२०७७ जेठ १० शनिबार २१:१७:००

सुदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट ८जेठमा फर्केका चारै जनाको धनगढीस्थित पशु अन्वेषण प्रयोगशालाको पिसिआर मेसिनमा थ्रोट स्वाबको नमुना परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

कैलालीको त्रिनगर भन्सार नाकाबाट प्रवेश गरेका उनीहरूमा आरडिटी जाँच गर्दा पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । संक्रमित बैतडीको शिवनाथ गाउँपालिकाकाका २७ र २० वर्षीय तथा शिवनाथ गाउँपालिकाका २० र २७ वर्षीय पुरूष रहेका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । 

भारतबाट फर्कने क्रममा नाकामा उनीहरूसँगै सयौंको भीड रहेको खुलेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार ८ जेठमा भारतबाट गौरीफण्टा नाकाबाट दुई हजार चार सय ९८ जनाको उद्दार गरिएको थियो । २२ जनामा आरडिटी पोजेटिभ देखिएकोमा १८ जनाको रिपोर्ट आउन बाँकी रहेको सूचना अधिकारी श्रेष्ठले बताए । उनीहरू सबै सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा छन् ।

संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान गर्न समस्या
भारतबाट फर्कने क्रममा संक्रमितहरूको सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्न थालिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सयौंको भीडमा आएकाले सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्न समस्या भएको मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए ।

यसअघि शुक्रबार पनि कैलालीमा ३, बैतडी र डडेल्धुरामा १–१ गरी सुदूरपश्चिममा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सुदूरपश्चिममा यसअघि संक्रमण भेटिएका पाँच जना उपचारपछि घर फर्किसकेका छन् । सिमानाकामा ३ जेठयता भारतबाट फर्कनेको घुँइचो लाग्न थालेको छ । ३ जेठयता मात्रै गौरीफण्टा नाका भएर सात हजार तीन सय भन्दा बढी नेपाल भित्रिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।