१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो
२०७७ जेठ १० शनिबार १८:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपाको अनौपचारिक सचिवालय बैठक : प्रधानमन्त्री अनुपस्थित, एमसिसीबारे छलफल

Read Time : < 1 मिनेट
२०७७ जेठ १० शनिबार १८:५१:००

सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा एमसिसीको विषयमा छलफल भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक अनौपचारिक भएकाले कुनै ठोस निर्णय भने भएन । 

उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा सरोकारवालाले आ–आफ्नो प्रस्तुति राखेका थिए । 

बैठकमा एमसिसी अध्ययन कार्यदलका संयोजक र सदस्यहरू तथा अर्थमन्त्री, ऊर्जामन्त्री, विद्युत् प्राधिकरणका एमडी र एमसिसी नेपालका सिइओले एमसिसीबारे आ–आफ्नो ब्रिफिङ राखेका थिए । 

यसैगरी एमसिसीलाई पार्टीभित्र प्रश्न उठाउने नेताहरू देव गुरुङ र लीलामणि पोखरेलले पनि बैठकमा आफ्ना कुरा राखेका थिए ।

गत माघमा बनेको झलनाथ खनाल नेतृत्वको कार्यदलले एमसिसी यथास्थितिमा पास गर्न नहुने सुझाब दिएको थियो । तीन सदस्यीय कार्यदलमा संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले यथास्थितिमा पास गर्न नहुने सुझाब दिए पनि परराष्ट्रयमन्त्रीसमेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले भने १५बुँदे फरक मत राखेका थिए ।

केही समययता थाती रहेको एमसिसी मुद्दा नेकपामा फेरि उठेको छ । पछिल्लो संसदमा आएको नीति तथा कार्यक्रमको २११ नं. बुँदामा लप्सिफेदी–रातमाटे–हेटौँडा, लप्सिफेदी–रातमाटे–दमौली–बुटवलको ट्रान्समिसन लाइन बनाउने विषय छ । यसलाई नेकपामा केही नेताले एमसिसीकै योजनामा आएको बताएपछि थप विवाद भएको थियो ।