Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ जेठ १० शनिबार १८:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बेलहिया नाकाबाट जाँचविनै दुई दिनमा १६ सयभन्दा बढी भित्रिए 

भारतीय क्वारेन्टाईनमा एक नेपालीको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ जेठ १० शनिबार १८:४७:००

रुपन्देहीको बेलहिया नाकाबाट पछिल्लो दुई दिनमा एक हजार ६ सयभन्दा बढी नेपाली भित्रिएका छन् । उनीहरू सीमानाकामा विनाजाँच नेपाल भित्रिएका हुन् । 

सुरुका केही समय स्थानीय प्रशासनले नेपाल प्रवेश गर्नेहरूको आरडिटी परीक्षण गरेर मात्रै प्रवेश दिएको थियो । तर, पछिल्ला दिनमा विनापरीक्षण भारतीय सीमानाकामा रहेका नेपालीलाई आउन दिएको छ । यसरी नेपाल भित्रिएकाहरूमध्ये केही रुपन्देहीकै क्वारेन्टाइनमा छन् भने केहीलाई सम्बन्धित जिल्लामा समन्वय गरी पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्कबहादुर खत्रीले बताए ।

शुक्रबार र शनिबार मात्रै एक हजार ६ सयभन्दा बढी नेपाल प्रवेश गरेको उनको भनाइ छ । उनले भने, ‘यो क्रम अझै पनि रोकिएको छैन ।’ यस नाकाबाट गुल्मी, अर्घाखाँची, पाल्पालगायत २५ भन्दा बढी जिल्लाका बासिन्दा आइरहेका छन् । 

सुनौली क्वारेन्टाइनमा रहेका एक नेपालीको मृत्यु 
शनिबार बिहान भारतीय क्वारेन्टाइनमा रहेका एक नेपालीको मृत्यु भएको छ । उनी बिरामी भएपछि शुक्रबार साँझ अस्पताल पुऱ्याएर पुनः क्वारेन्टाइनमा ल्याइएको थियो । तर, शनिबार बिहान मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि भारतको महाराजगन्ज जिल्ला अस्पताल पठाइएको छ । मृतक स्याङ्जा जिल्ला हरिनाथ नगरपालिकाका ३२ वर्षीय हुन् । उनको खुट्टा र अण्डकोषमा समस्या रहेको प्रहरीले जनाएको छ । ५ जेठमा उनी सीमावर्ती क्वारेन्टाइनमा आएका थिए ।