मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १० शनिबार १६:४१:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउन अवज्ञा गर्ने ६ सय ७१ सवारीसाधन कारबाहीमा

Read Time : < 1 मिनेट
२०७७ जेठ १० शनिबार १६:४१:००

जुम्लामा लकडाउन उल्लंघन गर्ने र सवारीपास दुरुपयोग गर्ने ६ सय ७१ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

लकडाउनको दुई महिनाको अवधिमा ६ सय ७१ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । उनले भनिन्, ‘९६ वटा चारपांग्रे ठूला सवारीसाधन र पाँच सय ७५ दुईपांग्रे मोटरसाइकल गरी जम्मा ६ सय ७१ वटा सवारीसाधन नियन्त्रणमा लिई कारबाही गरिएको हो ।’

निश्चित प्रयोजन र समयावधिका लागि भनेर तोकिएको पासलाई अवधि समाप्त भएपछि पनि प्रयोजनविपरीत पासको दुरुपयोग गरेको पाइएकाले सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरेको प्रशासनले जनाएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएकाले पालना गर्न तथा गराउन थप कडाइ गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

लकडाउन अवधिभर जुम्लामा भारत तथा तेस्रो मुलुकबाट ११ हजार पाँच सय ७३ जना नागरिक भित्रिएका छन् । यसमध्ये ६४ जना क्वारेन्टाइनमा बसेका छन् भने एक हजार दुई सय ७७ जना १४ दिनपछि क्वारेन्टाइनबाट घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

एक हजार ६ सय सातजनाको कोरोना आरटी पिसिआर परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।