मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १० शनिबार १४:५६:००
Read Time : < 1 मिनेट
समाचार

नेकपा सचिवालय बैठक, एमसिसी कार्यदलका सदस्यलाई पनि बोलाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १० शनिबार १४:५६:००

बजेट अधिवेशनबाटै एमसिसीको टुंगो लगाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना देखिएपछि त्यसमाथि छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक बसेको छ । 

सचिवालयको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा  बसेको छ । 

बैठकमा एमसिसी अध्धयन कार्यदलका संयोजक झलनाथ खनाल र सदस्यद्धय भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको छ । 

अध्धयन कार्यदलले दिएको प्रतिवेदनलामा एमसिसी यथास्थितिमा पारित गर्न नहुने सुझाव दिएको छ ।

तर, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ६ जेठमा एमसिसी पारित गर्ने–नगर्ने जिम्मा संसद्को भएको बताएका थिए । 

संसद्मा नीति तथा कार्यक्रममा ट्रान्समिसन लाइन बनाउने विषय आएको छ, जसलाई नेकपाका नेताहरुले जस्केलाबाट एमसिसी ल्याउन खोजेकोरुपमा अर्थााएका छन् । 

बैठकमा पार्टीभित्रका विभिन्न राजनीतिक विषयसँगै हालै मात्र सरकारले जारी गरेको नेपालको नयाँ नक्सासहितका विषयमा छलफल हुन सक्ने बैठक अगाडि सचिवालयका एक सदस्यले बताएका छन् । 

बैठक लामोसमय बसे आउँदो आर्थिक वर्षको बजेट र  नयाँ नक्सा जारी गरिसकेपछि उत्पन्न परिस्थितिबारे पनि छलफल हुन सक्ने ती नेताको भनाई थियो ।