मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएनआई लखनउ
२०७७ जेठ १० शनिबार १४:५२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

भारतमा ६६ वर्षीय क्यान्सर बिरामीले कोराेनालाई जिते

Read Time : < 1 मिनेट
रासस/एएनआई लखनउ
२०७७ जेठ १० शनिबार १४:५२:००

भारतमा एकजना ६६ वर्षका क्यान्सर रोगीले कोभिड– १९ लाई जितेका छन् । 

कोभिड– १९ को संक्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाइपछि शनिबार निको भएर डिस्चार्ज भएका हुन् । उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनी लखनउको केजिएमयू अस्पतालमा भर्ना भएका थिए । लखनउको किङ जर्ज मेडिकल युनिभर्सिटीका उपकुलपति एमएलबी भाटले सोही अस्पतालमा क्यान्सरको उपचार गराइरहेका ती बिरामीलाई कोभिड लागेको र निको भएको जानकारी दिए ।

उनले ती बिरामीले सन् २०१९ को मेदेखि अगष्ट महिनासम्म क्यान्सरको उपचार गराएकाे जानकारी दिए । क्यान्सर, सुगर, उच्चरक्तचापलगायतका बिरामीलाई कोभिड निको हुन समय लाग्ने या बाँच्ने सम्भावना पनि कम हुने भनिएका वेला ती बिरामी भने हप्ता दिनमा नै निको भएर फर्किकाले कोभिडविरुद्धको लडाइँमा थप आशा जागेको भाटले बताए ।

भारतको उत्तर प्रदेश राज्यमा मात्र पाँच हजार सात सय ३५ जना कोभिडका संक्रमित छन् । यहाँका तीन हजार  दुई सय ३८ जना निको भएर घर फर्किएका छन् ।