मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १० शनिबार १२:३७:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौं उपत्यकासहितकाे क्षेत्रमा माैसम बदली, वर्षाकाे सम्भावना

Read Time : < 1 मिनेट
२०७७ जेठ १० शनिबार १२:३७:००

स्थानीय वायु र पश्चिमी वायुको प्रभावले शनिबार काठमाडौं उपत्यकासहित देशका केही भूभागकाे माैसम बदली भएको छ।

देशको मध्य, पूर्व र गण्डकी प्रदेशको पहाडी भूभागमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्रमा शनिबार दिउँसो र साँझपख हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। 

‘यी क्षेत्रमा वर्षासँगै हावाहुरी र चट्याङको समेत सम्भावना छ,’ मौसमविद् श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘तराई क्षेत्रमा भन्दा काठमाडौं उपत्यकासहित पूर्व, मध्य र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अहिले मौसम बदली भएको छ। ती क्षेत्रमा वर्षाको सम्भावना छ।’

बंगलादेश आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई न्यूनचापीय प्रणालीका रूपमा रहेकाले मौसम बदली भएको श्रेष्ठले बताए। ‘शनिबार रातिबाट भने मौसममा सुधार आउँछ,’ उनले भने।

अहिले पहाडी क्षेत्रकाे माैसम बदली भए पनि प्रदेश १ र २ को तराई क्षेत्रमा भने चर्को घाम लागिरहेको छ।