मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २४ शनिबार
  • Saturday, 06 June, 2020
भारतबाट फर्केका नेपाली त्रिनगर नाकामा
२०७७ जेठ १० शनिबार ११:००:००
समाचार

किट अभाव हुँदा भारतबाट आएका नागरिक परीक्षणविनै नेपाल प्रवेश

२०७७ जेठ १० शनिबार ११:००:००

कैलालीमा कोरोना परीक्षण गर्ने किटको अभाव हुँदा भारतबाट आएका नागरिकलाई स्वास्थ्य जाँचविनै नेपाल प्रवेश गराउन थालिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्यांकअनुसार यो साता मात्रै कैलालीको गौरीफन्टा नाकाबाट पाँच हजार दुई ६७ जना नेपाली भित्रिएका छन्। उनीहरू भारतका विभिन्न सहरबाट नाकासम्म आएका हुन्।

‘कोरोना परीक्षण गर्न आरडिटी किटको अभाव छ,’ प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने, ‘यही वेला भारतबाट फर्किएका नेपालीको सीमा क्षेत्रमा ओइरो लाग्न थालेपछि विनाजाँच नै स्थानीय तहमा पठाउन थालेका छौँ।’ 

यो नाका भएर बिहीबार मात्रै दुई हजार चार सय ९५ र शुक्रबार दुई हजार १४ जना भित्रिएका छन्। उनीहरूमध्ये ६ सय ७० जनाको मात्रै आरडिटी जाँच गरिएको छ। भारतबाट फर्केकाहरूलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाउने गरिएको प्रजिअ बोहराले बताए।

कैलाली जिल्लाका अन्य नाकाबाट पनि नेपालीहरू घर फर्कन थालेका छन्। उनीहरूलाई स्वास्थ्य जाँचविनै पठाउँदा गाउँगाउँ कोरोना संक्रमण फैलने जोखिम बढ्दै गएको छ। सयौँको संख्यामा फर्किरहेकाले सामाजिक दूरीसमेत कामय गरेका छैनन्। 

भारतमा कोरोनाबाट अत्यधिक प्रभावित सहरहरूबाट समेत नेपालीहरू फर्किरहेकाले संक्रमण भित्रिनसक्ने जोखिम उच्च रहेको चिकित्सकहरूले बताएका छन्।

‘भारतबाट सयौँको संख्यामा फर्केका नेपालीहरू गाउँगाउँ पुगेका छन्। यसले जोखिम बढाएको छ,’ सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘अहिले ध्यान दिइएन भने प्रदेशमा कोरोना संक्रमण महामारीको रूपमा फैलिने जोखिम छ।’

क्वारेन्टाइनमा राखिएकाहरूसँग सामाजिक दूरी कायम गर्नु अत्यन्तै आवश्यक रहेको उनले बताए। नेपालमा हालसम्म देखिएका संक्रमितमध्ये अधिकांश भारतबाट फर्केका र भारतबाट फर्केकाहरूसँगकोको सम्पर्कमा आएकाहरू छन्। 

प्रदेश सरकारले आरडिटी किट र जनशक्ति अभावले सीमानाकामै सबैको परीक्षण सम्भव नभएको जनाएको छ। सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा आरडिटी किटको अभाव रहेको बताए। ‘आरडिटी छैन, सबैलाई क्वारेन्टाइनमा राखेर १४ दिनभित्र जाँच गर्ने भनेका छौँ,’ उनले भने, ‘स्थानीय तहको समन्वयमा फर्केकाहरूलाई सम्बन्धित पालिकामै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ।’

आरडिटी किटका लागि संघीय सरकारलाई आग्रह गरिएको र प्रदेशले पनि आफैँ खरिद गर्न लागेको मन्त्री सुवेदीले बताए। तीस हजार किट आरडिटी र पिसिआर जाँचका लागि दुई हजार भिटिएम खरिद प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशमा हालसम्म १० जनामा कोरोना संक्रमण भेटिएको छ। संक्रमित पाँचजना निको भएर घर फर्किसकेका छन्। शुक्रबार मात्रै पाँचजना संक्रमित भेटिएका छन्।

प्रदेशमा हालसम्म २३ हजार नाै सय ७० जनामा कोरोना जाँच गरिएको छ। यीमध्ये १९ हजार आठ सय ३२ जनाको आरडिटी प्रविधिबाट जाँच गरिएको हो।