मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १० शनिबार १०:०६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण काेराेनाकाे जोखिममा छन् क्यान्सरका बिरामी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १० शनिबार १०:०६:००

-क्यान्सरका बिरामीलाई कोरोना भाइरस संक्रमणको कति जोखिम छ भन्नेबारे यकिन अध्ययन भएको छैन । तर, औषधि सेवन गरिरहेका बिरामीमा भाइरससँग लड्ने क्षमता कम हुने भएकाले सजग रहन चिकित्सकहरूले सल्लाह दिँदै आएका छन् ।

-हालसम्मको ट्रेन्ड विश्लेषण गर्दा श्वास–प्रश्वास, कार्डियो भास्कुलर, मिर्गौलाको जटिल समस्या, क्यान्सरजस्ता दीर्घरोगका बिरामी बढी जोखिममा देखिन्छन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर रहने भएकाले ज्येष्ठ नागरिकलाई पनि कोभिड–१९ को जोखिम समूहमा राखिएको छ ।

-चिकित्सकहरूको भनाइमा क्यान्सर नियन्त्रणमा आइसकेका भन्दा उपचारका क्रममा रहेका बिरामी बढी जोखिममा छन् । उपचार वा नियमित जाँचका लागि अस्पताल जाँदा अनिवार्य व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाउन चिकित्सकहरूको सल्लाह छ । यस्तै, अन्य समयमा पनि पारिवारिक जमघट र भिडबाट टाढा रहन तथा पन्जा र मास्क अनिवार्य प्रयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सल्लाह दिएको छ ।

-बेलायतको इन्स्टिच्युट अफ क्यान्सर रिसर्चले अधिकांश अस्पताल कोभिड–१९ का बिरामीको उपचारमा केन्द्रित रहेकाले विशेष सजगता अपनाउन क्यान्सरका बिरामीलाई आग्रह गरेको छ ।

-घरनजिकैको स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गराउन र नछुटाई औषधि सेवन गर्न चिकित्सकहरूले सल्लाह दिने गरेका छन् ।

-डब्लुएचओ र अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडिसी)ले क्यान्सरका बिरामीलाई आपत्कालीन अवस्थामा बाहेक अस्पताल नजान आग्रह गरेका छन् ।

-भिडभाड नहुने क्षेत्रमा मात्र क्यान्सरका बिरामीको जाँच गर्न दुवै संस्थाले आग्रह गरेका छन् । सर्जरी, रेडियोथेरापी, किमोथेरापी, इम्युनोथेरापीलगायत उपचार विधि अपनाइरहेका बिरामीको वेला–वेलामा आरडिटी वा पिसिआर परीक्षण गराउन डब्लुएचओ र सिडिसीले आग्रह गरेका छन् ।