Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ जेठ ९ शुक्रबार २१:३८:००
Read Time : < 1 मिनेट
समाचार

लमजुङमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन नपाइने

Read Time : < 1 मिनेट
२०७७ जेठ ९ शुक्रबार २१:३८:००

लमजुङमा जिल्लाबाहिरबाट तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाहिरी जिल्लाबाट तरकारी तथा फलफूल आयातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले जानकारी दिए । बाहिरी जिल्लाबाट तरकारी तथा फलफूल ल्याउँदा जोखिम बढ्ने देखिएको भन्दै कोभिड– १९ विपत् व्यवस्थापन केन्द्र जिल्लास्तरीय कमान्ड पोस्ट लमजुङको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्सचालक, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारको आरडिटी जाँच गर्ने पनि बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए । बैठकले राइनास नगरपालिकाको भैरव माविमा क्वारेन्टाइन व्यवस्था गरी नेपाली सेनाको श्रीजंग गणबाट सुरक्षाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकले बेंसीसहरको सहजीमा रहेको क्वारेन्टाइनको सुरक्षामा सशस्त्र प्रहरी खटाउने निर्णय गरेको छ । सुन्दर बजारको लमजुङ कृषि क्याम्पसमा रहेको क्वारेन्टाइनको सुक्षामा नेपाली सेना खटाइएको छ ।