१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस/एएनआई वासिङ्टन डिसी
२०७७ जेठ ९ शुक्रबार १४:१२:००
Read Time : < 1 मिनेट
विश्व

अनुसन्धान भन्छ– अमेरिकाले सामाजिक दूरी कायम गरेको भए ३६ हजारको ज्यान बाँच्थ्यो

Read Time : < 1 मिनेट
रासस/एएनआई वासिङ्टन डिसी
२०७७ जेठ ९ शुक्रबार १४:१२:००

समयमै सामाजिक दूरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ । 

अमेरिकाले मार्च १५ पछि नागरिकबीच सामाजिक दूरी कायम गर्न सकिने खालको नीति लिएको थियो । तर, त्यसको दुई हप्ताअघि मात्र यस्तो नीति लिएको भए अमेरिकाका कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बचाउन सजिलो हुने सो अध्ययनले देखाएको छ । 

अमेरिकाको कोलम्बिया विश्वविद्यालयको मेलम्यान स्कुल अफ पब्लिक हेल्थ साइन्सले हालै मात्र गरेको एक अनुसन्धानमा यस्तो तथ्य पत्ता लागेको सञ्चारमाध्यमहरूले जनाएका छन् । 

अमेरिकामा गत मार्च महिनाको पहिलो र दोस्रो हप्तामा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ । 

यदि त्यति नै वेला लकडाउन या अरू नै केही नीति बनाएर नागरिकका बीचमा सामाजिक दूरी कायम गर्ने वातावरण बनाउन सकेको भए अहिले भएको अमेरिकीहरूको मृत्युमा कम्तीमा पनि ३६ हजार कमको मृत्यु हुने अनुमान गरिएको यो अनुसन्धानले देखाएको छ । 

अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार हाल अमेरिकामा १५ लाख ७७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । त्यस्तै यहाँका ९४ हजार सात सयभन्दा बढीको ज्यान गएको छ ।  

अमेरिकामा सामाजिक दूरी कायम गर्ने खालको सतर्कता अपनाउन र त्यस्तै लकडाउनजस्तै नीति सम्बन्धमा निर्णय गर्न दुई हप्ता ढिलो भएका कारण त्यहाँ बढी क्षति हुन पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।