मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ जेठ ९ शुक्रबार १३:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोरोना जितेर बाँकेका २१ जना घर फर्किए, फूलमालाले गरियो बिदाइ

Read Time : < 1 मिनेट
२०७७ जेठ ९ शुक्रबार १३:५४:००

कोरोनालाई पराजित गरी बाँकेका २१ जना शुक्रबार घर फर्किएका छन् । 

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराको आइसोलेसनमा उपचाररत २१ जना शुक्रबार डिस्चार्ज भएका हुन् । 

उनीहरूको तेस्रोपटक स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरी घर पठाइएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।  

कोरोना पराजित गर्नेलाई फूलमाला र खादा ओढाएर बिदाइ गरिएको थियो । 

कोरोना विशेष आइसोलेसन अस्पताल र भेरी अस्पतालका चिकित्सकले फूलमाला र खादा ओढाएर शुक्रबार मध्याह्न उनीहरूलाई अस्पतालबाट बिदाइ गरेको डा. थापाले जानकारी दिए । 

नेपालगन्जमा पहिलोपटक १९ वैशाखमा ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएका व्यक्ति पनि आज निको भएर घर फर्किएका छन् । उनीसहित नेपालगन्ज उपमहानगरपालिका–८, जोलाहनपुर्वाका २० जना कोरोना संक्रमित निको भएर घर फर्किएको डा. थापाले जानकारी दिए । 

उक्त अस्पतालमा नेपालगन्जका २५ जना र नरैनापुरकी आठ महिनाकी छोरी भएकी एक महिला उपचाररत थिए । 

अस्पतालमा बाँकी रहेकाहरूको समय नपुगेकाले केही दिनपछि कोरोना परीक्षण गरी डिस्चार्ज गरिने उनले बताए ।  उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डा. थापाको भनाइ छ ।  

नेपालगन्जमा पहिलोपटक १९ वैशाखमा ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । 

त्यसैगरी कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गर्दा २३ वैशाखमा एकैसाथ २२ जनामा कोरोना पुष्टि भएको थियो ।