१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ९ शुक्रबार १३:२३:००
Read Time : < 1 मिनेट
विश्व

हत्या गरिएका जमाल खसोग्गीको परिवारले ‘हत्यारालाई माफी’ दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ९ शुक्रबार १३:२३:००

सन् २०१८ को अक्टोबरमा इस्तानबुलमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीको परिवारले हत्यारालाई माफी दिने बताएका छन् ।

शुक्रबार खसाेग्गीका छोरा सलाह खसोग्गीले ट्विटरमार्फत यस्तो जानकारी दिएका हुन् ।

‘रमदानको यो महिनामा भगवानले भने कि यदि मानिसले माफी दिन्छ र मेलमिलाप गर्छ भने उसलाई अल्लाहको आशीर्वाद रहन्छ, त्यसैले सहिद जमाल खसाेग्गीको परिवार र छोराले बुबाको हत्या गर्नेलाई माफी दिन्छौँ,’ सलाहले ट्विटरमा भनेका छन् । २ अक्टोबरमा इस्तानबुलस्थित साउदीको दूतावासमा खसाेग्गी पुगेका थिए । 

त्यसपछि त्यहाँबाट उनको कुनै पनि शारीरिक अंग मिलेको थिएन । 

यस घटनाले विश्वभर नै तरंग फैलाएको थियो । केही एजेन्सीहरूले उनको हत्यामा साउदी राजकुमार प्रिन्स मोहम्मद बिन सलनमानको हात हुन सक्ने बताएका थिए ।

यद्यपि उनको हत्या कसले र कसरी गऱ्यो भन्ने यकिन पुष्टि भने भइसकेको छैन ।

साउदी पत्रकार खसाेग्गीले अमेरिकी पत्रिका वासिङटन पोष्टमा स्तम्भ लेख्दै आएका थिए । 

उनले मारिनुअघिका पछिल्ला केही स्तम्भमा साउदीबारे लेखेका थिए । जुन विवादास्पद भनिएको थियो ।