Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ९ शुक्रबार १२:३९:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रिय स्वाधीनताको रक्षामा सरकारसँगै छौँ : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ९ शुक्रबार १२:३९:००

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राष्ट्रिय स्वाधीनताको रक्षाको सन्दर्भमा नेपाली कांग्रेसको सरकारलाई साथ रहेको जनाएका छन् ।

उनले घरेलु राजनीतिमा प्रधानमन्त्री केपी ओलीसँग हजारौँ विमति रहे पनि राष्ट्रिय स्वाधीनताको रक्षामा सरकारलाई साथ दिने बताएका हुन् । 

सरकारले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा ट्विट गर्दै पौडेलले राष्ट्रियताको मुद्दामा डटेर अडान लिन सरकारलाई आग्रह गरेका हुन् । 

‘घरेलु राजनीतिमा सरकार र प्रधानमन्त्रीसँग हजारौँ विमति होलान्, तर राष्ट्रिय स्वाधीनताको रक्षाको मामिलामा हामी सरकारसँगै छौँ । सरकारले डटेर अडान लिनैपर्छ, हामी साथमा छौँ,’ उनले ट्विटमा लेखेका छन्, ‘केही भारतीय मिडियाको सनसनीपूर्ण शैली खेदजनक छ । मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको दृश्य टिठलाग्दो हुनेरहेछ ।’