मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ ९ शुक्रबार ११:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पूर्वमन्त्री आलमका भाइलाई पक्राउ गर्न गएका प्रहरीमाथि हातपातको प्रयास, प्रहरीले गऱ्यो हवाई फायर 

Read Time : < 1 मिनेट
२०७७ जेठ ९ शुक्रबार ११:१५:००

राजपुर बमकाण्डकाे अभियोगमा अदालतकाे आदेशले हाल जेलमा रहेका पूर्वमन्त्री मोहम्मद अफताव आलमको घरमा प्रहरीले छापा मारेको छ । 

घटनाका अर्का फरार अभियुक्त उनका भाइ महताव आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे राजपुरमा रहेको अफताव आलमको घरमा छापा मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बमकाण्डका फरार अभियुक्त महताव आलम घरमा भएकाे सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले छापा मारेको एसपी रविराज खड्काले जानकारी दिए । 

खानतलासीका क्रममा परिवारजन र स्थानीयले प्रहरीलाई अवरोध गरेपछि प्रहरीले १२ राउन्ड हवाई फायरसमेत गर्नुपरेको उनले बताए । 

राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताव आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फरार सूचीमा रहेका छन् ।