भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले भाटभटेनी मनी ट्रान्सफर कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स भुक्तानी सुविधा सञ्चालन गरेको छ । भाटभटेनी मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजनकुमार अमात्य र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालभरिका आफ्ना प्रयोगकर्तालाई आन्तरिक रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य गरिएको सेलपेले जनाएको छ । सहकार्यसँगै ग्राहकले सेलपे मोबाइल वा वेब एप्लिकेसनबाट सजिलै भाटभटेनीका आन्तरिक रेमिट्यान्स सेवाहरू प्रयोग गर्न सक्नेछन् ।