१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ जेठ ९ शुक्रबार ०७:००:००
Read Time : < 1 मिनेट
अर्थ

लकडाउनमा गाउँ फर्केकाहरू अलैँची खेतीमा व्यस्त

Read Time : < 1 मिनेट
२०७७ जेठ ९ शुक्रबार ०७:००:००

लकडाउनको समयमा सहरबजारबाट गाउँ फर्केकाहरू अलैँची गोडमेल गर्न र बाँझो जमिनमा अलैँची रोप्न व्यस्त छन् । जिल्लाको छिनखोला, लुदी, ताराचोक, ताघ्रिङ, च्याम्चे, भुस्मे, पसगाउँ, खाँचे, खिन्चोक, घाम्राङ, गौँडालगायतका किसान अहिले अलैँचीको स्याहारमा जुटेका हुन् । 

अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन लमजुङका संयोजक अजय तामाङले भने, 'विभिन्न कामकाे सिलसिलामा सहरबजार बसेका, तर लकडाउनमा गाउँ फर्केकाहरू अलैँची गोडमेल र अलैँची रोप्नमा व्यस्त छन् ।' 

तामाङका अनुसार यस वर्ष मौसम पनि राम्रो भएको र अलैँचीको गोडमेलसमेत भएकाले जिल्लामा अलैँची उत्पादन बढ्ने अनुमान छ । उनी भन्छन्, 'विगतमा किसानले गोडमेलमा खासै ध्यान दिदैँनथे र उत्पादन कम हुन्थ्यो, अहिले अलैँचीको गोडमेल भयो यसले उत्पादन बढ्नेछ ।'  

गत वर्ष जिल्लामा दुई हजार क्विन्टल अलैँची उत्पादन भएको र अलैँची बिक्रीबाट १२ करोड रुपैयाँ आम्दानी भएको नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष तामाङले बताए ।  उनका अनुसार जिल्लामा हाल १२ सय हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती गरिएको छ । किसानले अलैँची खेतीबाटै राम्रो कमाइ गर्दै आएका छन् । 

जिल्लामा साउने, डम्बरसाई, जिर्मले, रामशाई, गोलसाई जातका अलैँची खेती गरिँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण अलैँची जोन लमजुङले जनाएको छ । पछिल्लो समय लमजुङ अलैँचीको हब जिल्लाको रूपमा समेत परिचित हुँदै आएको छ ।