मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७७ जेठ ८ बिहीबार १९:५५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कपिलवस्तुका कोरोना संक्रमित क्वारेन्टाइनमै थन्किए

Read Time : < 1 मिनेट
डिलाराम भुसाल कपिलवस्तु
२०७७ जेठ ८ बिहीबार १९:५५:००

आइसोलेसन वार्ड नहुँदा कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका कोरोना संक्रमित चार बालबालिकासहित आठजनाको उपचार हुन सकेको छैन । उनीहरूलाई स्थानीय विद्यालयको एक कोठामा राखिएको छ । 

आइसोलेसनमा राखेर उपचार गराउनुपर्ने कोरोना संक्रमित क्वारेन्टाइनमै  दिन बिताउन बाध्य छन् । उनीहरूलाई एक कोठामा अलग्याएर राखिएको छ । 

उनीहरूलाई कोठाबाट बाहिर निस्कन दिइएको छैन । उपचार नपाएको र राम्रोसँग खान र बस्नसमेत नपाएको उनीहरूको गुनासो छ । मास्क, स्यानिटाइजर र साबुनपानीको समेत व्यवस्था गरिएको छैन । उनीहरूलाई परिवारका सदस्यले खाना ल्याइदिने गरेका छन् । 

स्वास्थ्यकर्मीसमेत नभएको उनीहरूले बताएका छन् । वेलावेलामा सुरक्षाकर्मी आउने गरेका छन् । नगरपालिकाका जनप्रतिनिधिसमेत अवस्थाबारे बुझ्न नआएको उनीहरूको गुनासो छ । 

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पाण्डेले संक्रमित सबैलाई अलग राख्ने तयारी गरिएको बताए । आइसोलेसन बनाएर उनीहरूको व्यवस्थापन गरिने उनले बताए । 

शुक्रबारसम्म आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने तयारी गरिएको महाराजगन्ज नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राधेश्याम कलवारले बताए ।