१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ जेठ ८ बिहीबार १०:३४:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता

साओमीको अबको प्रयास पहिलो स्थानमा टिकिरहने हो  : सौरभ कोठारी

कर्पोरेट संवाद

Read Time : > 2 मिनेट
२०७७ जेठ ८ बिहीबार १०:३४:००

विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आइडिसीको सन् २०२० को पहिलो त्रैमासिक रिपोर्टअनुसार साओमी नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड बन्न सफल भएको छ । सन् २०१८ अक्टोबरदेखि नेपाल भित्रिएको ब्रान्डले नेपालको स्मार्ट फोन बजारमा पहिलोपटक नेतृत्व गरेको जनाएको छ ।

सन् २०२० मा ३०.९ प्रतिशत बजार सेयरका साथ नेपालमा बिक्री भएका शीर्ष १० स्मार्ट फोनमध्ये ४ साओमी डिभाइसहरू रहेको कम्पनीको दाबी छ । सन् २०२० को प्रथम त्रैमासिकमा साओमीका स्मार्ट फोन रेडमी नोट ८ र रेडमी ८ को बिक्री ह्वात्तै बढेपछि साओमीले नेपालको बजार हिस्सामा पहिलो स्थान बनाएको दाबी गर्ने साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीसँग सुदीपकुमार ढुंगानाले गरेको कुराकानी :

नेपालमा बिक्री गर्न थालेको छोटो समयमै स्थापित ब्रान्डबीच बजार हिस्सामा पहिलो हुन कसरी सम्भव भयो ?

यो अवस्थामा पुग्नुको पछाडि सबैभन्दा पहिलो कुरा भनेको हामीसँग भएको उत्पादन नै हो भन्ने लाग्छ । हामीसँग हामीले गएको डेढ वर्षमा नेपाली बजार सुहाउँदो उत्पादन ल्याउन सक्यौँ । चार जिबी -याम र ६४ जिबी रोम भएको स्मार्ट फोन हामीले १५ हजार रुपैयाँमै बजारमा ल्यायौँ ।

सर्वसुलभ रुपमा सामानको उपलव्धता, नेपाली बजार सुहाउँदो उत्पादन, सर्वसुलभ मूल्य उत्कष्ट प्रस्तुति तथा सहज विक्रीपछिको सेवालगायत कारणले हामी नेपालमा पहिलो स्थानमा पुगेको हौं

त्यस्तै, बढी क्षमता भएको क्यामरालगायतका विभिन्न राम्रा प्रविधि प्रयोग गरेर हामीले कम क्रयशक्ति भएकालाई पनि राम्रो र गुणस्तरीय स्मार्ट फोन चलाउने अवसर प्रदान ग-यौँ । त्यससँगै हामीले बिक्रीपछिको सेवालाई पनि तीव्र गतिमा अघि बढायौँ । पाँचवटा नयाँ सर्भिस सेन्टर सुरु ग-यौँ । २० भन्दा बढी कलेक्सन प्वाइन्ट स्थापना ग-यौँ । नेपालका सबैजसो मुख्य सहरमा हाम्रो कलेक्सन सेन्टर छ । 

त्यस्तै, हामीले ३ सय ५० भन्दा बढी मि–प्रिफर्ड पार्टनर बनायौँ । उनीहरूले पनि साओमीका उत्पादनलाई ब्रान्डिङ गर्नमा ठूलो योगदान पु¥याएका छन् । उनीहरूको सोरुम हेर्दा साओमीको एक्सक्लुसिब सोरुमजस्तो देखिन्छ । त्यस्तै, हामीले आउटलेट विस्तारलाई पनि जोड दिएका छौँ ।

लकडाउन सुरु हुनुभन्दा अघि डेढ महिनाको अवधिमै हामीले ९ सयभन्दा बढी आउटलेट विस्तार गर्न सफल भएका थियौँ । अर्को भनेको हाम्रो काम गर्ने शैली पनि हो । हामी ग्लोबल भिजनमा लोकल ब्रान्डजसरी काम गरिरहेका छौँ । एमआई फोनलाई हामी स्थानीय ब्रान्डका रूपमा स्थापित गर्ने प्रयासमा छौँ र सफल पनि भइरहेका छौँ । अर्को भनेको एमआई फ्यानहरू नै हुन् । उनीहरूले सधैँ हामीलाई प्रोत्साहित गर्ने, हाम्रा कमजोरी औँल्याएर त्यसलाई सुधार्ने तथा अघि बढ्ने हौसला प्रदान गरिरहे ।
 
यो सफलतामा मूल्य, गुणस्तर र बिक्रीपछिको सेवामध्ये कसको भूमिका बढी छ भनेर हिसाब गर्नुभएको छ ?

हाम्रो मुख्य मन्त्र नै गुणस्तरीय स्मार्ट फोन इमानदार मूल्यमा बजारमा दिने हो । बजारमा सामान दिइसकेपछि त्यसलाई बेवारिस छोड्नुहुन्न । कुनै पनि असल व्यवसायीले यसो गर्दैनन् । त्यसैले हामीले सबै कुरालाई समान रूपमा अगाडि लगेका छौँ । त्यसैले यसमा मूल्य, गुणस्तर र बिक्रीपछिको सेवामध्ये कुनको भूमिका बढी छ भनेर छुट्याउन गाह्रो हुन्छ । सबैको आफ्नै भूमिका र महत्व हुन्छ । 

अहिलेको कुरा गर्ने हो भने हामीले अनकल सर्भिससमेत उपलब्ध गराएका छौँ, कसैले कस्टुमर केयरमा फोन गरेमा कुनै कुरो सिकाएर ग्राहकले नै समस्या समाधान गर्न सक्नेछ भने हामी त्यो सेवा पनि दिइरहेका छौँ । किनकि, लकडाउनमा ग्राहकले फोन बोकेर कस्टुमर केयरमा आउन सहज छैन र स्मार्ट फोनविना रहन अझ सहज छैन । त्यसैले मेरो विचारमा साओमीका स्मार्ट फोन अहिलेको नेपाली बजारमा एक नम्बरमा पर्नुमा तिनै कुराको आफ्नै र महत्वपूर्ण भूमिका छ । यसमा कुनको कति भूमिका भनेर छुट्याउन सहज छैन ।

उचाइमा पुग्नुभन्दा त्यहाँ टिकिरहन कठिन हुन्छ भनिन्छ । साओमी नेपाली बजारमा एक नम्बरमा रहिरहन अबको योजना कस्तो छ ?

एक नम्बरमा पुग्नु नै सहज काम होइन । त्यसपछि पहिलो नै भइरहन झनै कठिन काम हो भन्ने हामीले राम्रो बुझेका छौँ । त्यसका लागि हामी सम्भव भएसम्म धेरै ठाउँमा त्यहीँकै स्थानीय टिम बनाउँछौँ । जसले देशभर यसको माग कायम राख्न सफल हुने विश्वास लिएको छु ।

अर्को कुरा, हामी गुणस्तरीय उत्पादन र इमानदार मूल्यमा बिक्री गर्ने सोच र प्रतिबद्धताबाट कहिल्यै पछाडि हट्दैनौँ । के ट्वान्टी प्रोजस्तो फल्यागसिप फोनदेखि विभिन्न क्रयशक्ति भएका ग्राहकका लागि पनि सम्भव भएसम्म धेरै र राम्रा फिचर भएका आधुनिक फोन बजारमा निरन्तर भित्र्याउनेछौँ । बिक्रीपछिको सेवाका लागि कलेक्सन प्वाइन्टदेखि सर्भिस सेन्टर पनि बढाउनेछौँ ।