मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ जेठ ८ बिहीबार १०:१४:००
Read Time : < 1 मिनेट
विश्व

ब्राजिलमा कोरोना भाइरस संक्रमितको उपचारका लागि औलोको औषधि अनुमति

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ ८ बिहीबार १०:१४:००

ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि औलो रोगको उपचारमा प्रयोग गरिने दुई (एन्टिमलेरिया) औषधि चलाउन अनुमति दिएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले एक दिशानिर्देश जारी गर्दै यस औषधिको प्रयोगलाई अनुमति दिएको हो । 

औलो औषधि कोरोना संक्रमितको उपचारका लागि चलाउने दबाब आएपछि मन्त्रालयका दुईजना चिकित्सकले काम छोडेका थिए । यसलगत्तै अन्तरिम स्वास्थ्यमन्त्री एडर्वाडो पाजुएल्लोले संशोधित प्रोटोकल जारी गरे । 

हालसम्म कोरोना भाइरसविरुद्धको उपचारमा क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन प्रभावकारी हुने भनेर प्रमाणित भएको छैन । विश्व स्वास्थ्य संगठनले पटकपटक अप्रमाणित औषधि प्रयोग नगर्न चेतावनी दिँदै आएको भए पनि केही देशले औलोको औषधि प्रभावकारी हुने दाबी गर्दै आएका छन् । 

मार्चमा ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोले हाइड्रोक्सिक्लोरोक्विन भाइरस संक्रमितको उपचारमा प्रभावकारी हुने भन्दै सामाजिक सञ्जालमा बताएका थिए । बोल्सोनारोले भ्रम फैलाएको भनेर फेसबुक र ट्विटरले पोस्ट डिलिट गरेका थिए । 

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोना संक्रमण हुन नदिन आफूले हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग गरिरहेको बताएका थिए । तर, अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले ट्रम्पले उल्लेख गरेको औषधि ‘सुरक्षित र प्रभावकारी’ नभएको बताएको थियो । 

ब्राजिल कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमध्ये तेस्रो स्थानमा छ । त्यहाँ संक्रमणबाट दैनिक औसत एक हजार मानिसको ज्यान गइरहेकोे छ । हालसम्म १८ हजार आठ सय ५९ जनाले ज्यान गुमाएका छन् । गएको २४ घन्टामा १९ हजार नौ सय ५१ नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या दुई लाख ९१ हजार पाँच सय ७९ पुगेको छ ।