१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ ८ बिहीबार ०७:१६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोना अपडेट : थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो 

Read Time : < 1 मिनेट
२०७७ जेठ ८ बिहीबार ०७:१६:००

नेपालमा कोरोना संक्रमितको संख्या चार सय ४४ पुगेको छ । बिहीबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणबाट झापा जिल्लाको कचनाकवल गाउँपालिकानिवासी १८ देखि ४६ वर्षका १५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, धनकुटाका ३४ वर्षीय एकजना पुरुष र सुनसरीको धरान उपमहानगरपालिकानिवासी ५१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयले जनाएअनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा छन् ।