१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ जेठ ७ बुधबार २०:२४:००
Read Time : < 1 मिनेट
समाचार

जिपबाट सुनकोसी नदीमा खसेर दुईजना बेपत्ता

Read Time : < 1 मिनेट
२०७७ जेठ ७ बुधबार २०:२४:००

काभ्रेको भुम्लु गाउँपालिका– ८ सापिङस्थित भित्री सडकखण्डमा बुधबार जिपबाट सुनकोसी नदीमा खसेर दुईजना बेपत्ता भएका छन् ।

उकालो सडकमा जिपको पछाडिको टायर सडकभन्दा बाहिर पुगेर कोल्टे परेपछि दुईजना सुनकोसीमा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा डिएसपी कुमारविक्रम थापाले जानकारी दिए । उनले भने, ‘जिप कोल्टे पर्दा जिपमा सवार दुईजना सुनकोसी नदीमा खसेर बेपत्ता भएका हुन् ।’

दोलालघाटबाट सापिङतर्फ दाना र सिमेन्ट लिएर जाँदै गरेको बा.१६च ८८३८ नम्बरको जिप कोल्टे परेपछि दुईजनाले ज्यान बचाउन हाम फालेको डिएसपी थापाले बताए । बेपत्ता हुनेमा भुम्लु गाउँपालिका– १ का २६ वर्षीय अशोक गिरी र सोही गाउँपालिका– ४ का २८ वर्षीय भोला महत रहेको उनले जानकारी दिए । उनले बेपत्ताहरूको खोजी भइरहेको बताए ।

डिएसपी थापाका अनुसार जिपमा सवार ३९ वर्षीया सानुमाया गिरीको बायाँ हात भाँचिएको र उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।