Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ ७ बुधबार १७:५२:००
Read Time : < 1 मिनेट
खेलकुद

युरोपियन सोलिडारिटी कप अर्को वर्ष

Read Time : < 1 मिनेट
२०७७ जेठ ७ बुधबार १७:५२:००

युरोपकै तीन ठूला शक्तिशाली क्लब इन्टर मिलान, बायर्न म्युनिख र रियल म्याड्रिडले युरोपियन सोलिडारिटी कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएका छन् । कोरोना भाइरस संक्रमितको उपचारार्थ आर्थिक संकलन गर्ने उद्देश्यका साथ सन् २०२१ मा च्याम्पियसिप हुनेछ । ‘कोभिड– १९ बाट संक्रमितको उपचार तथा स्वास्थ्य सामग्री किन्नका लागि हामीले सोलिडारिटी कप आयोजना गर्न लागेका हौँ,’ तीनवटै क्लबले सयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

सोलिडारिटी कप प्रतियोगिता घोषणा भए पनि यो कस्तो स्वरूपमा हुनेछ भन्ने सार्वजनिक भएको छैन । स्थिति सामान्य भए दर्शकले रंगशालामा सोलिडारिटी कप हेर्न सक्छन् । राउन्ड रोबिन आधारमा बायर्न, रियल र इन्टरबीच प्रतिस्पर्धा हुनेछ । 
इन्टर मिलान क्लबका अध्यक्ष स्टिभ जाङले कोभिड– १९ ले प्रभावित बनेको फुटबलले आर्थिक सहयोग गर्न तत्पर रहेको जनाएका छन् । ‘अहिले विश्व नै कोभिड– १९ को महामारीमा छ, यस्तो अवस्थामा हामी फुटबलसँग आबद्ध भएका व्यक्तिहरूले केही सहयोग गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेका छौँ,’ उनले भने, ‘यो एउटा महान् उद्देश्यका साथ प्रतियोगिता हुन लागेको छ ।’ 

फुटबलको माध्यमबाट आपसी सहयोग र मित्रताको भावना कायम राख्ने उनले बताए । ‘तीन फरक राष्ट्रका फुटबल क्लब एउटै उद्देश्यका साथ मैदानमा उत्रने छन्, जसलाई विश्व फुटबलले समर्थन गर्ने विश्वास छ,’ स्टिभले भने ।