मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी लन्डन
२०७७ जेठ ७ बुधबार १६:०६:००
Read Time : < 1 मिनेट
विश्व

हवाई इन्जिन निर्माता रोल्स–रोयसले नाै हजार कर्मचारी कटौती गर्ने

Read Time : < 1 मिनेट
रासस/एएफपी लन्डन
२०७७ जेठ ७ बुधबार १६:०६:००

बेलायतको हवाईजहाजका लागि इन्जिन निर्माता कम्पनी रोल्स–रोयसले कोरोना भाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा नाै हजार कर्मचारीलाई बिदाइ गर्ने जनाएको छ । 

कम्पनीको प्रमुख कार्यकारी वारेन इस्टले वर्तमान संकट आफूहरूका कारण सिर्जना नभएको जनाउँदै यस संकटलाई सबैले मिलेर सामना गर्नुको विकल्प नरहेको बताएका छन् ।  

उनले जारी गरेको वक्तव्यमा विश्वभर छरिएर रहेका कम्पनीमा कार्यरत २५ प्रतिशत कर्मचारी हटाउनैपर्ने स्थितिमा  पुगेको उल्लेख छ ।  

इस्टले भनेका छन्, ‘हाम्रा हवाई ग्राहकहरू पनि यस्तै समस्यासँग जुधिरहेका छन् र हामीले पनि त्यही पदचिह्नमा हिँड्नुको विकल्प छैन ।’

रोल्स रोयसमा हाल विश्वभर करिब ५२ हजार कर्मचारी छन् । कर्मचारी कटौतीबाट कम्पनीको वार्षिक बचत एक अर्ब ६० करोड डलरभन्दा बढी हुनेछ । 

कम्पनीका कर्मचारीको व्यवस्थापन र अन्य कार्यका लागि करिब ८० करोड पाउन्ड खर्च हुनेछ ।