१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ११:३६:००
Read Time : < 1 मिनेट
अर्थ

आँधीखोलाको सेयर एनआइबिएल एस क्यापिटलले निष्कासन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ११:३६:००

आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा जारी गर्न लागेको साधारण सेयर एनआइबिएल एस क्यापिटलले निष्कासन गर्ने भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त भएको सम्झौतामा आँधीखोला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलराज केसी र एनआइबिएल एस क्यापिटलका नायव महाप्रबन्धक कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका थिए । 

संस्थाले प्रतिसेयर १ सय रुपैयाँ अंकित दरको ४ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । सेयर निष्कासनपछि आँधीखोला लघुवित्तको अधिकृत पुँजी १५ करोड रुपैयाँ, जारी पुँजी १० करोड रुपैयाँ र चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ । हाल संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ ।